कोरोनाबाट निधन भएकी महिलाको शिशुलाई देखियो जन्डिस ,आइसोलेसनमा राखेर विशेष निगरानी गरिँदै !

Uncategorized

कोरोना भाइरस(कोभिड–१९)बाट निधन भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । शिशुलाई जण्डिस देखिएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिएका छन्।

उनका अनुसार सामान्य अवस्थामा पनि बच्चालाई जण्डिस देखिन्छ । तर,शिशु महिना नपुग्दै जन्मिएको र आमा कोरोना संक्रमित भएर निधन भएकाले विषेश निगरानी गरिएको छ। बालरोग विषेशज्ञको निगरानीमा शिशुलाई राखिएको उनले जनाकारी दिए ।

शनिबार निधन भएकी महिलाले गत वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा गर्भवती भएको सातौं महिनामा बच्चालाई जन्म दिएकी थिइन्। भोलिपल्ट अस्पतालले डिस्चार्ज गरेपछि एम्बुलेन्समार्फत् उनलाई सिन्धुपाल्चोकको राम्चे पुर्याइएको थियो ।

तर,जेठ १ गते ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि धुलिखेल अस्पताल ल्याइएको थियो ।

मृतक महिलालाई कोरोना पुष्टि भइसकेपछि उनको उपचारमा संलग्न १० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखिएको प्रवक्ता ताम्राकारले जानकारी दिए ।मृतकको शवलाई हिजै चिकित्सक र सुरक्षाकर्मीको विशेष टोलीले पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको थियो ।
फोटो:फाइल

Leave a Reply

Your email address will not be published. Required fields are marked *