नेपालमा कोभिड-१९ बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि

समाचार

काठमाडौं ४ जेठ । नेपालमा कोरोना भाइरस(कोभिड-१९)बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ । बााकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो ।

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताए।

प्रदेश नम्बर पाँचको प्रहरी कार्यालय तुलसीपुरका प्रमख डिआइजी रवीन्द्र धानुकले मृतकको रिपोर्ट पोजेटिभ आएको भन्ने खबर आफूलाई दिइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *