‘डब्ल्युएचओले`दियो चेतावनी,कोरोना को अर्को नयाँ लक्षण फेला?

स्वास्थ

काठमाडौं । विश्वभरमा कोरोना भाइरसको कहर जारी रहेको छ । संक्रमित व्यक्तिमा अहिलेसम्म मात्र खोकी,कफ र ज्वरोको लक्षण देखिएको थियो । तर अब विश्व स्वास्थ्य संगठनले(डब्ल्युएचओ)ले कोरोना भाइरसको एक नयाँ लक्षण बताएको छ ।

एक नयाँ लक्षण्को बारेमा जानकारी दिँदै‘डब्ल्युएचओ’ले सारा विश्ववासीलाई सचेत रहन आग्रह गरेको छ । जसका कारण मानिसहरुको चिन्ता झनै बढ्दै गएको छ ।

‘डब्ल्युएचओ’का विशेषज्ञहरुले कोहि पनि व्यक्तिलाई बोल्ने तथा शिँड्नमा समस्या भएमा पनि कोरोना भाइरसको गम्भीर लक्षण हुनसक्ने बताएको हो ।

यस सम्बन्धमा विश्व स्वास्थ्य संगठनका विशेषज्ञले यदि कोहि पनि मानिसमा बोल्न तथा हिँडडूल गर्न समस्या भएमा पनि कोरोना भाइरस संक्रमणको लक्षण हुनसक्ने बताएका हुन् ।

डब्ल्युएचओका अनुसार,यस प्रकारका मानिसहरु बिशेष उपचार बिनै स्वस्थ हुन सक्दछन् ।

यो बाहेक डब्ल्युएचओले कोभिड १९ को संक्रमणका गम्भीर लक्षणमा श्वास फेर्नमा समस्या र टाउको दुख्नमा समस्या हुनु, बोली बन्द हुनु वा बोल्न समस्या हुनु र हिँडडुल गर्न समस्या हुनुलाई कोरोना भाइरस संक्रमणको लक्षणका रुपमा बताएको छ ।

यसैबीच अष्ट्रेलिया स्थित मेलबर्नको ला ट्रोबे यूनिभर्सिटीले पनि शोधमा कोरोना भाइरसको कारण मानिसमा मनोरोग उत्पन्न भएको भन्दै सचेत रहन चेतावनी दिएको थियो ।

शोधसँग जोडिएका डाक्टर एली ब्राउनका अनुसार कोरोना भाइरस सबै मानिसहरुको लागि अति नै तनावपूर्ण तथा समस्याले भरिएको अनुभव हो।

डब्ल्युएचओका अनुसार विश्वमा कोरोना भाइरसको महामारीबाट आईतवार विहान ९ बजेसम्म ४४ हजार ९४ लाख ८७३ जनालाई संक्रमण भईसकेको छ भने ति मध्ये ३ लाख ५ हजार ९७६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *