विदेशबाट दैनिक ६ हजार नेपालीको उद्दार गर्ने सरकारको योजना

समाचार

काठमाडौं । कोरोनाले लकडाउन भएपछि विदेशमा अलपत्र परेकालाई सरकारले उद्धार गर्ने भएको छ । कोरोना सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा भारत लगायतका देशबाट नेपालीको उद्धार गर्नेबारेमा ठोस छलफल गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ ।

भारत,युएई,कतार,सिंगापुर लगायतका देशले आफ्ना नागरिक लैजान दबाब दिन थालेपछि सरकारले नेपालीको उद्धार गर्ने तयारी गरेको हो । यसअघि सो प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले अस्वीकार गरेको तथ्य सम्झाउदै एक मन्त्रीले यसपटक मन्त्रिपरिषद बैठकबाट यो प्रस्ताव पारित हुने बताए ।

समितिका अनुसार दैनिक ६ हजारको संख्यामा उद्धार गरेमा मात्रै उनीहरुलाई स्वदेश ल्याउन सकिने मन्त्रीहरुको तर्क छ । विदेश पढ्न गएका,समस्यामा परेका,रोजगारी गुमाएकालाई पहिलो प्राथमिकतामा राखेर स्वदेश फर्काइन लागिएको पनि सरकारले जनाएको छ । यसका लागि नेपाल एयरलाइन्सका वाइडबडी जहाज प्रयोग गर्ने पनि सरकारको योजना छ ।

विदेशबाट उद्धार गरेर ल्याएपछि क्वारेन्टाइनमा राख्ने र पछि स्थानीय तहको जिम्मा लगाउने सरकारको तयारी छ । तर क्वारेन्टाइन खर्च आफैले व्यहोर्नुपर्ने शर्त अगाडी सारिएको छ । लकडाउनका कारण भारतमा मात्रै ४० लाख नेपाली अलपत्र परेका छ भने विदेशमा पनि लाखौ मानिस उद्धारको पर्खाईमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *