कोरोना भाइरसबाट फेरी ३ जना नेपाली श्रमिकको मृत्यु।

समाचार

कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमणबाट फेरी तीन जना नेपाली श्रमिकको मृत्यु भएको साउदी सरकारले जनाएको छ । साउदीको जेद्दा क्षेत्रमा रहेका नेपाली श्रमिकको मृत्यु भएको साउदीको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । त्यस क्षेत्रमा सङ्क्रमितमध्ये ३३ जना निको भएका र तीन जनाको मृत्यु भएको साउदीको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

साउदी सरकारले यसअघि दिएको जानकारी अनुसार साउदीको जेद्दा र जजान लगायतका ठाउँमा गरी १ सय ४८ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको छ । साथै साउदीको सबै क्षेत्रमा गरी ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको साउदीको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएको दूतावासले जनाएको छ ।

साउदीमा अहिलेसम्म ५२ हजार १६ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये २३ हजार ६६६ जना निको भएर घर फर्किसकेका छन् भने २८ हजार ४८ जनाको अस्पतालमा उपचार भइरहको छ । अहिलेसम्म ३ सय २ जनाको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *