नेपाल-भारत सीमामा तारबार लगाउनु हुँदैन भन्दै जङ्गिए यी नेपाली नेता ।

राजनिति

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले सीमामा ता’रबा’र लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् ।‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हि’तकर छैन’सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले भने ।

त्यसप्रति लक्षित गर्दै नेता यादवले मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न नउठाउन आग्रह गरे ।‘५८ प्रतिशत तराई मधेशको भूभागमा त्यहाँको मधेसी जनताले खुन बगाउँछ । पसिना बगाउँछ । हामी त्यहाँ लड्छौं । हामीमाथि यत्रो राष्ट्रियताको प्रश्न खडा गर्ने हो?’यादवले भने ।आफूहरु पनि नेपालको भूमि मिचिन नहुने भन्ने पक्षमा रहेको उनले बताए ।‘९८ प्रतिशत सीमा समस्या मिलिसक्यो’

यादव सर्लाही २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् ।केही दिनअघि पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गरिरहनु भन्दा सीमामा ता’रबार वा पर्खाल लगाउन आवश्यक रहेको बताएका थिए ।कतिपय सांसदले सीमामा त’रबा’र लगाउने र पर्खाल लगाउने भए आफ्नो तलब दिने घोषणासमेत गरिरहेका छन् ।’

नेपाल र भारतका बीचमा रहेका सीमा समस्याहरुमध्ये ९८ प्रतिशत मिलिसकेको नेता यादवको भनाइ छ ।तर,मिलिसकेको विषयमा दुवै देशले हस्ताक्षर नगरेको भन्दै उनले असन्तुष्टि राखे ।‘दुवै देशका बीचमा ९८ प्रतिशत सहमति भइसकेको विषयमा दुइटै देशले हस्ताक्षर किन गर्दैन?’यादवको प्रश्न छ ।बाँकी २ प्रतिशत कालापानी र सुस्तामा रहेको उल्लेख गर्दै उनले सरकारलाई दुई ठाउँको समस्या समाधान गर्नेगरी पहल गर्न आग्रह गरे । नेपालमा कालापानीबारेमा मौसमी राष्ट्रवाद रहेको उल्लेख गर्दै उनले सरकारलाई मौसमी राष्ट्रवादमा नअलमलिएर सीमा विवाद समाधान गर्ने गरी पहल गर्न आग्रह गरे ।

याे पनि:खबर’दार ! भारतलाई नसोधि नेपालको नयाँ नक्सा जारी गरिएला भन्ने नेपालकी यी सांसद को हुन् ? काठमाडौ । लामो समयदेखि विवादमा पर्दै आएको सीमा विवादलाई लिएर अहिले संसदमा खुब चर्चा हुने गर्दछ । यो बीचमा जनता समाजवादी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीले देशको नयाँ नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा समेट्नुअघि भारतसँग कुरा नगरेकोमा असन्तुष्टि पोखेकी छिन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गिरीले दुःखेसो गरेकी हुन् ।

उनले भारत र चीनसँग सल्लाह नै नगरी नक्सा ल्याउने विषय विदेश नीतिविरुद्ध भएको पनि बताएकी छिन् । उनले भनिन,‘सरकारले भारत र चीनसँग संवाद नै नगरी जुन ढंगले राष्ट्रपतिको मुखबाट नयाँ नक्सा निकाल्ने कुरा गरेको छ,यसले हाम्रो विदेश नीतिको क्षमतामाथि प्रश्न उठाएको छ। एकातर्फ लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने भनिएको छ,अर्कातर्फ परराष्ट्रमन्त्रीले यसो गर्न संविधान नै बाधक रहेको बताएका छन् ।

गिरीका अनुसार विदेश नीति जुवा होईन । अर्को फरक प्रशंगमा नीति तथा कार्यक्रम खोक्रो रहेको र सरकार अहिले सेनालाई व्यापारमा संलग्न गराएर त्यसैमार्फत भ्रष्टाचार गर्न लागिपरेको उनको आरोप छ । कोरोना महामारी नियन्त्रण,राहत र विदेशमा रहेका नेपाली फर्काउनेबारे नीति तथा कार्यक्रम मौन रहेको पनि उनले बताएकी छिन्‌ । उनले संसदमा हिन्दीमा सम्बोधन गर्दै आएकी छिन् । विवादमा आउँने अभिव्यक्तिका कारण उनको आलोचना पनि धेरै नै हुने गर्दछ ।

याे पनि कन्टेनरमा लुकेर नेपाल आएका ५० भारतीयलाई उतै फर्काइयो काठमाडौं । कन्टेनर भ्यानमा आज बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर उतै फकाईएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बताउनुभयो । उहाँका अनुसार ती भारतीय नागरिकलाई धुलिखेलस्थित खेलमैदानमा राखेर सावधानीपूर्वक खाना खुवाएर दुई गाडीमा सिन्धुपाल्चोकतर्फ नै फर्काइएको हो ।

भारतीय नागरिक धुलिखेल आइपुगेको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइ सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरी सबैलाई उतै फकाईएको प्रजिअ तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार ती भारतीय नागरिक विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको तिमल्सिनाले बताउनुभयो ।

सिन्धुपाल्चोक प्रशासनसँगको समन्वयमा विद्युत् प्रसारण लाइनका ठकेदार कम्पनीले नै ती मजदुरलाई सुरक्षितसाथ राख्ने सहमति भएअनुसार मजदुरलाई सिन्धुपाल्चोकनै फर्काइएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित जल्केनीमा तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा खटेका उनीहरु बा३ख २५४६ नम्बरको कन्टेनर भ्यानमा चढेर धुलिखेल आएका थिए ।

बिहान करिब आठ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गास्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो । यसअघि गृह मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत यही जेठ १ गतेदेखि लागू हुनेगरी बन्दाबन्दीको समयका लागि एक जिल्लाबाट अर्को जिल्ला र जिल्लाभित्रका लागि जारी गरिएका सबै किसिमका पास र गरिएको रद्द गरिएको जानकारी गराएको थियो ।

यसैबीच कोरोना भाइरसका कारण स्वासप्रस्वासमा समस्या भएपछि उपचारार्थ गत विहीबार राति ९ः३० बजे धुलिखेल अस्पताल आएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेको २९ वर्षीया सुत्केरी महिलाको गत सोही दिन राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ । मध्यपूर्वी पहाडबाट काठमाडाँै राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *