चीनको वुहानबाट भन्दा भारतबाट आएको को’रोना भा’इरस कडा देखियो

राजनिति

काठमाडौं । प्रधामनमन्त्री केपी ओली कोरोरान भाइरस(काभिड-१९) संक्रमणले मुलुकको अवस्था असहज बन्दै भएको बताउनुभएको छ । प्रधानमन्त्रीले मंगलबार प्रतिनिसिभामा आर्थिक वर्ष २०७७,०७८ को नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुलुकमा कोरोनाको स्थितिबारे जानकारी गराउनु भएको छ ।

‘आज हामी एउटा असामान्य र असहज अवस्थामा छौ । काभिड–१९ नेपालमा प्रवेश भएको छ । नेपालीमा पनि प्रवेश भएको छ’उहाँले भन्नुभयो,‘हाम्रो प्रयास यसको कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने छ । नियन्त्रणको प्रयासको बाबजुत पनि २ जनाको जीवन गुमेको छ। म दिवंगतहरुप्रति श्रदाञ्जली गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।’

धानमन्त्री ओलीले चीनको वुहान भन्दा भारतबाट आएको कोरोना भाइसस कडा भएको उल्लेख गर्नुभयो ।‘यसको स्रोत भनेकै बाहिरबाट आउने व्यक्ति हुन्,अहिलेसम्म बाहिरबाट आउनेले नै कोरोना सारेका छन्’उहाँले भन्नुभयो,‘त्यसमा पनि भारतबाट आउनेले बढी सारेका छन् । कोही लुकेर बसिदिने । त्यसप्रति सचेत हुनुपर्ने अवस्था छ । कोरोना चीनको वहुानबाट शुरु भयो । तर यो कहाँबाट सर्यो,कसरी सर्यो,त्यो अहिलेसम्म प्रष्ट हुन सकेको छैन । वुहानमा कोरोना संक्रमण हुँदा नेपालमा यसको असर परेको थिएन । जब भारतमा आयो । त्यसपछि नेपालमा पनि शुरु हुन थाल्यो । वुहानबाट र्आको भन्दा भारतबाट आएको कोरोना भाइरस कडा देखियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *