सांसदहरूले उठाएका प्रश्नको जबाफ दिदै गर्दा प्रधानमन्त्री ओलीलाई स्वास्थ्य समस्या देखिएपछि…

राजनिति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर बोल्न समस्या भएको छ । प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको हो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँको खुट्टामा समस्या देखिएको हो ।

उहाँको केही महिना पहिले मिर्गौला प्रत्यारोपन गर्दा अपरेसन भएको थियो। संसदमा उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग,‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो । स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।’

भनेर केही विकल्प तयार गर्न भन्नुभयो । प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख सापकोटाले संसदका महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिनुभयो । रोष्ट्रममा उभिएर बोल्दै गर्नुभएका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएको छ । ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहनु भएको छ ।
source:saptarangi post

Leave a Reply

Your email address will not be published. Required fields are marked *