अब आँफैले पैसा तिरेर ब्यक्तिगत रुपमा नै कोरोना परीक्षण गराउन पाउने

समाचार

काठमाडौं–अहिलेसम्म सरकारी तवरबाट मात्रै परिक्षण गराइदै आएको कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर परिक्षण आँफै गराउन पाइने भएको छ । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।

जसअन्र्तगत अब इच्छा लागेका ब्यक्तिले स्वेच्छाले परीक्षण गर्न पाउने भएसँगै अब भने संक्रमितको महिचानमा थप सहज हुने भएको छ । सरकारले पीसीआर परीक्षणको दायरा बढाउने उदेश्यले तोकिएको स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *