जेष्ठ-७ गते बुधबार को राशिफल।पाथीभरा माता ले सबैको रक्षा गरून्।

राशीफल

मेष
आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । धनजनको वृद्धि होला ।

बृष
सुख दुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋण सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

मिथुन
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढला ।

कर्कट
समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचे अनुरुप काम नहोला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ ।

सिंह
छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन । दिन ठिकै छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । दिन मध्यम खालको छ ।

कन्या
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ । आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ ।

तुला
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न पाइएला ।

बृश्चिक
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला ।

धनु
धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ ।

मकर
सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । वैदेशिक क्षेत्रको लगानी खेर जादैंन ।

कुम्भ
बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला । रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

मीन
घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *