मनिषा कोइरालाको त्यो ट्विट भारतीय मिडियामा भाइरल ! नेपालको पक्ष लिँदा चर्चा

राष्टिय

काठमाडौं–थुप्रै भारतीय चलचित्रमा अभिनय गरेकी नेपाली मूलकी नायिका मनिषा कोइरालाले गरेको एउटा ट्विट भाइरल भएको छ ।नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेपछि नयाँ नक्सा जारी गर्दै ती भूभाग समेत समेट्ने निर्णय नेपाल सरकारले गरेपछि त्यसमा अभिनेत्री कोइरालाले समर्थन जनाएकी छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटमा कोइरालाले धन्यवाद दिँदै समर्थन जनाएकी छन् ।

प्रदीप ज्ञवालीले ट्विट गरेका छन्,‘लिम्पियाधुरा,लिपुलेक र कालापानी सहितका भूभाग समेट्दै ७ प्रदेश,७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिट्टै सार्वजनिक गर्दैछ ।’यसलाई रि–ट्विट गर्दै अभिनेत्री कोइरालाले लेखेकी छन्,‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा धन्यवाद ! हामी सबै तीन महान् राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतिक्षा गर्दैछौं अब हात मिलाएर ।’

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now ? https://t.co/A60BZNjgyK— Manisha Koirala (@mkoirala)May18,2020

भारतको लोकप्रिय सञ्चारमाध्यम आजतकको अनलाइन संस्कारमा लेखिएको छ,‘भारत–नेपाल सीमा विवादबीच अभिनेत्री मनिषा कोइरालाको प्रतिक्रिया आएको छ । मनिषा नेपाली मूलकी हुन् । मनिषाले कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा राख्ने नेपाल सरकारको कदमलाई समर्थन गरेकी छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *