‘तास खेल्दा र रक्सी खाँदाका साथीलाई जथाभावी पास दिएर सीडीओले कोरोना फैलाए’

राजनिति

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रामनारायण बिडारीले कोरोना संक्रमण फैलिनुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको दोष रहेको आरोप लगाएका छन् ।सीडीओले तास खेल्दाको र रक्सी खाँदाको साथी जम्मैलाई पास दिएका कारण टोले गुण्डाले समेत पास लिएर गाडीको रवाफ देखाएको आरोप लगाएका हुन् ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा नेकपामा रामनारायण बिडारीले किसानका सामान राज्यले खरिद गरेर बजारीकरणको व्यवस्था गर्ने र उनीहरूलाई घरबाट बाहिर निस्कन नदिन आग्रह गरेका हुन् ।

‘अहिले त रद्द भयो क्यारे,सीडीओेसा’पले पास दिएछन्,कोरोना फैलिनुमो सीडीओे दोषी छ । तास खेल्दाको साथी,रक्सी खाँदाको साथी जम्मैलाई पास दिए । टोलका २ चार पैसा भएका गुण्डा समेत पास लिएर गाडिमा हिँड्ने,जनतालाई सास्ती ?’उनले प्रश्न गरे ।

बिडारीले एकहजार गाडी नियन्त्रणमा लिएर किसानका तरकारी फलफूल सर्लक्क उठाएर बजार ल्याएर बेच्ने प्रबन्धका लागि सरकारसँग आग्रह गरे।
‘सरकारले हजारवटा गाडी भाडामा लिएर गाउँमा किसानका तरकारी खरिद गर्ने र उनीहरूलाई मल पुर्‍याउने व्यवस्था गरोस्,किसानको सामान शहरमा ल्याएर बेच्ने काम गरोस् । उता दूध पोख्नु पर्ने,चल्ला मार्नुपर्ने,यता शहरमा कोरोना मिसिएको भारतीय चिवविज खानु पर्ने’बिडारीले भने,‘यति गर्दा भारतीय सामान नेपालम आउन रोकिन्छ । आयात घटन सक्छ हामी आत्मनिर्भर बन्छौं । यति काम गर्न सरकारले सक्दैन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *