बोका आ’तकः अ’न्धाधुन्ध मान्छे हा’न्दा एकै दिन सात जनालाई घा’इते बनायो

समाज

काठमाडौं,धनुषाको ढल्केबरमा छाडा बोकाले अन्धाधुन्ध मान्छे हान्दा आइतबार ७ जना घा’इते भएका छन् ।मिथिला नगरपालिका ७ मा पर्ने ढल्केबरको गैरी टोलमा छाडा छोडिएको बोकाले केही दिन यता ज’थाभावी मान्छेलाई हा’न्न थालेपछि स्थानीय आ’तकिंत बनेका छन्। आइतबार जगंलबाट साईकलमा घाँस लिएर घर तर्फ आउँदै गरेका तत्कालिन एनेकपा माओवादीका ढल्केबर गाउँ कमिटी अध्यक्ष मेघ बहादु सेञ्चुरीलाई उक्त बोकाले गैरी टोलमा आक्रमण गर्दा सेञ्चुरीको देब्रे घुँडामा गम्भीर चोट लागेको छ ।

घुँडामा चोट लाग्दा देब्रे खुट्टा अश्वभाविक रूपले सुनिएको सेञ्चुरीले बताए ।‘घाँस लिएर साईकलमा आउँदै थिएँ’,सेञ्चुरीले भने,‘बोका एक्कासी उफ्रदै आएर हान्यो,चुच्चो सिङले घुँडामा हा’नेकाले देब्रे खुट सुन्निएर हिँड्न सकेको छैन। सेञ्चुरीलाई मात्रै होईन आइतबार उक्त बोकाले सेञ्चुरी लगायत ७ जनालाई हानेर घा’यल बनाएको वडाध्यक्ष रामो साह तेली (रम्बा)ले बताए। छिप्पिएर गाउँ नै दुर्गन्ध हुने गरि गन्हाएको बोकाले कालो लुगा लगाएको मान्छे र कालो मोटर साईकल चढेकालाई लखेटी लखेटी हान्ने गरेको स्थानीयले बताए।

स्थानीयको भनाई अनुसार यस बोकाले अहिलेसम्म एक ट्रक खलासी र गाउँ घुम्न आएका,पाहुना र जगंलबाट घाँस दाउरा लिएर आएका गरि ५० भन्दा बढीलाई आ’क्रमण गरेर घा’इते बनाईसकेको छ ।बोकाको आ’तकंले महिला र बालबालिका गाउँ हिँडडुल गर्न डराईरहेका छन्। महिला र बालबालिकालाई घरमै ढुकेर बोकाले जथाभावि हान्ने र लखाट्ने गरेको स्थानीयले बताए ।मधेशका गाउँघरमा देवि देउता भा’केर बोका छाडा छोड्ने चलन पुरानै हो। यसरी छाडा छाडिएको बोकालाई बि’याडे बोकाको रुपमा बाख्रा पाल्नेहरुले प्रयोग पनि गर्ने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *