थप ८ जना संक्रमित अस्पतालबाट डिस्चार्ज, कोरोना जित्नेको संख्या ४५ पुग्यो

स्वास्थ

विराटनगर । विराटनगरको कोरोना विशेष अस्पतालबाट थप ८ जना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका अस्पताल स्रोतले बताएको छ ।

गत वैशाख ५ र ९ गते उनीहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस,२८ वर्षीय मोहम्वत साविर,४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद,२२ वर्षीय सलमान खान,२५ वर्षीय मलिन खान,६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेको छन् ।

अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । नेपालमा अहिलेसम्म उपचारपछि निको हुनेको संख्या ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *