नेपालका सांसद भारतको पक्षमा, भारतमा नायिका मनिषा नेपालको मायामा

राष्टिय

फिल्मी फण्डा । यतिखेर लिपुलेक विवाद चरण उत्कर्षमा पुगेको छ । केही समय अघि भारतले एकतर्फि रुपमा लिपुलेक,लिम्पियाधुरा,कालापानी क्षेत्रलाई समेटेर नक्शा जारी गरेको थियो । लगतै नेपालमा त्यसको विरुद्ध आवाजहरु उठ्न थाल्यो । सडकेदखि सदनसम्म आवाज उठेपछि दुबै देशको आपसी सहमतिमा विवाद मिलाउने कुरा निष्कर्षमा पुग्यो ।

त्यहि बीचमा कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ । लकडाउनकै बीचमा पुनः भारतले नेपाली भुमि अतिक्रमन गर्दै मानसरोवर जाने बाटो निर्माण गरेपछि लकडाउनको बेला पनि नेकपा निकट विद्यार्थीहरु कोठमाडौंस्थित भारतीय राजदुतावास अगाडी भुमि फिर्ताको माग सहित नारा जुलुसमा निस्किए । नेपालको सदन र संसदमा यसले प्रवेश पायो ।

नेकपाको सरकालाई यहि विषय चूनौती बन्न थालेको थियो । लगतै नेकपाले सचिवालय बैठकबाट बर्षे अधिवेशनमा नीति तथा कार्यक्रममा लिपुलेक क्षेत्रको जमिन सहितको नक्शा तत्काल सार्वजनिक गर्ने निर्णय गर्यो । तर यहि बीचमा सदनमा केही साँसदहरु भारतको पक्षमा उभियो ।

भारतलाई नसोधी नक्शा सार्वजनिक गर्न नहुने धारणा समेत संसदमा राख्ने सामर्थ्य निकाले केही सांसदले । यतिमात्र हैन,हिन्दीमा बोल्दै भारतसँग वार्ता नगरी,नसोधी नक्शा सार्वजनिक गर्दा चूनौती थपिने घोषणा समेत गरिन् सांसद सरिता गिरीले ।

अधिकांश मधशी नेताहरुले यस विषयमा बोली फुटाउन सकेन । सरकारले जब नक्शा जारी गर्यो तब भारतीय मिडिया यसको प्रतिवादमा लागिपर्यो । चीनसँगको सहकार्यमा नेपालले नक्शा जारी गरेको आरोप लगायो । यस्तो अवस्थामा आफ्नै देशका केही संसदहरु भारतको पक्षमा उभिए ।

नेपाली चेली तथा बलिउडकी सुपरस्टार मनिषा कोईरालालाई भन्ने भारतमा रहँदा पनि नेपालको असिम माया रहेको धारण बाहिर आयो । नेपालको मन्त्रीले गरेको ट्वीटमा आफ्नो रिट्वीट गर्दै उनले लिपुलेक नेपाल नै भएको धारण राखिन् ।

उनको आफ्नो देशप्रतिको माया सहितको धारणा राख्दा उनीविरुद्ध भारतीय मिडिया खनिएका छन् । नेपालको नयाँ नक्साबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा टिप्पणी गरेका आधारमा भारतीय टिभी एबीपी न्युज सहित अन्य सञ्चारमाध्यमले तुच्छ गालीगलौज समेत मनिषालाई गरेका छन् ।

ज्ञवालीको सोही ट्विटमा प्रतिक्रिया लेख्दै मनिषाले सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेकी थिइन् । उनले तीनवटै देश मिलेर अहिलेको समस्या समाधान गर्नुपर्ने जनाएकी थिइन् । अहिले मनिषाको त्यही स्टाटसलाई आधार बनाएर भारतीय मिडियाले ‘खाते भारतका और गाते चीनका’भन्दै मनिषालाई तुच्छ गालीगलौज गरिरहेका छन् ।

नेपालमा‘फेरि भेटौंला’चलचित्र खेलेर बलिउड प्रवेश गरेकी मनिषाले मुम्बईलाई आफ्नो कर्मभूमि बनाएकी थिइन् । तर,राष्ट्रियता भने उनको नेपाली नै हो । मनिषा बीपी कोइरालाकी नातिनी हुन् ।

उनको एउटा ट्विटले अहिले भारतमा हंगामा मच्चिएको छ । आफ्नो करिअरपछि नेपाल नै जन्मथलो भएको कारण मनिषा भारतसँग डराएकी छैनन् । संभवत नेपाल फर्किएपछि उनी नेपाली राजनीतिमा सक्रिय हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *