मनिषाको साथ दिदै रवि लामिछानेको भारतीय मिडियालाई कडा जवाफ..

समाचार

अभिनेत्री मनिषा कोइरालालाई अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा आ-क्रम^ णको तारो बनाइएको छ । नेपाली राष्ट्रियताको पक्षमा मनिषाले गरेको एउटा ट्विटलाई लिएर भारतीयहरू निम्नस्तरको गा-लीगलौजमा उत्रेका छन् । भारतीय मिडियाको आ-रोप छ,मनिषाले भारतको नुन खाएर चीनको पक्षपोषण गरिन् ।

एबीपी न्युजले ठाडै भन्यो,खाती नेपाली और गाना गाती चाइनाकी?उनले चीनकै उक्साहटमा यो ट्विट गरेको भन्नेसम्मको आ-रोप समाचारमा लगाइएको छ । हास्यकलाकार दीपकराज गिरीचाहिँ भारतीय मिडियाको यो प्रोपोगाण्डालाई हास्यास्पद मान्छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले मनिषाको राष्ट्रप्रेम स्वभाविक र सही समयमा प्रकट भएको बताए ।

दीपकराज भन्छन्,‘मनिषा कोइराला पहिलो नेपाली कलाकार हुन् । जसले त्यो स्थानमा पुगेर गर्वसाथ आफूलाई नेपाली भनेरै चिनाइन् । उनकै हाराहारीमा चर्चा पाएका केही कलाकार आफूलाई नेपाली भन्न रुचाउँदैनन् । तर,मनिषालाई भारतमा पनि नेपाली सुन्दरी भन्ने गरिन्थ्यो । उनी नेपाली छोरी भएकाले नेपालको पक्षमा बोल्नु कुनै अनौठो कुरा होइन ।’मनिषाले गरेको ट्विटलाई भारतीय मिडियाले‘ट्विस्ट’गरेको दीपकराजले बताए ।

नेपालमा हुने जुनसुकै राष्ट्रवादी सं-घर्षमा चीनको हात देख्ने भारत सरकार र त्यहाँका मिडियाको सोचाइ नै मुर्खतापूर्ण रहेको उनको टिप्पणी छ । उनी भन्छन्,‘मनिषाले कहाँनेर चीनको समर्थन गरेकी छन्? नेपाल र चीन मिलेर भारतमाथि धा-वा बोल्नुपर्छ भनेर लेखेकी छन् र? उनले त नेपालको सरकारले आफ्नो सीमा रक्षाका लागि लिएको पहलप्रति खुसी व्यक्त मात्रै गरेकी हुन् । यति गर्दा उनीहरूले अनर्गल प्रचार किन गर्ने?’

अहिलेको समयमा हरेक सच्चा नागरिकले देशको पक्षमा लेख्नु र बोल्नुपर्ने दीपकराजले बताए । मनिषाजस्तो हाइप्रोफाइल अभिनेत्रीले लेखेका कुराले झन् ठूलो महत्त्व राख्ने उनको भनाइ छ ।‘मनिषाले लेख्दा उनको आवाज बलिउड र भारतभरि फैलियो । तर,मिडियाले उनको ट्विटमा नचाहिँदा मरमसला थपेर अतिरञ्जित बनाइरहेका छन् । भारतीय मिडियाको यो चरित्र हामीले पहिल्यैदेखि देख्दै आएका हौं,’गिरीले भने ।

एउटा देशको नागरिकले अर्को देशमा काम गर्नु र करिअर बनाउनु अनौठो कुरा नभएको उनी बताउँछन् । तर अर्को देशमा काम गदैमा राष्ट्रभक्ति कम नहुने उनको भनाइ छ ।

‘भारतमा उनले काम गरिन् र पैसा कमाइन् । तर,त्यसको ट्याक्स पनि भारतलाई नै तिरिन् । जति भारतमा कमाएकी छन्,त्यसबापतको ट्याक्स पनि नेपाललाई नभएर भारतलाई नै तिरेकी छन्,’दीपकराजले भने । उनी थप्छन्,‘भारतको नुन खाइन् भन्नु नै आ-पत्तिजनक कुरा हो । उनलाई यत्तिकै माया लागेर भारतीयहरूले त्यो स्थानमा पुर्याएका होइनन् । आफ्नो अभिनय र प्रतिभाको बलमा पुगेकी हुन् । उनले पनि भारतीय चलचित्र उद्योगलाई योगदान दिएकी छन् । काम गरेपछि पारिश्रमिक कसले पाउँदैन ?’

यस्तै चर्चित पत्रकार रवि लामिछानेले पनि नायिका मनिषा कोइरालाको सपोर्ट गर्दै भन्छन्:

मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको,स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने,जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन्–मनिषा कोइराला,अनि बोल्दिनन त? And I strongly suggest all Indian medias to study your own map that was submitted to the United Nations by your own government. Please take a look at our political map issued officially today.

Leave a Reply

Your email address will not be published. Required fields are marked *