एसएसबीकाे दादागिरी:नेपालभित्रै प्रवेश गरेर न्युज २४ कर्मीको क्यामेरा खोस्यो,प्रहरीमाथि पनि हातपात

समाचार

८ जेष्ठ २०७७,बिहीबार दार्चुला । रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दुर्व्यवहार गरेकाे छ । रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सुरक्षाकर्मीले खाेसेका छन् ।भारतीय सीमा सुरक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दुर्व्यवहार गरेका छन् । यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दुर्व्यवहार गरेको हो ।

किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रोक लगाइएको छ,जान दिएइको छैन ।दर्चुलाका प्रहरीका प्रवक्ता सुरेन्द्र जोशीका अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सुरक्षकर्मीबाट कुटिएका छन् ।‘त्यहाँ हाम्रो सुरक्षकर्मी पनि खटिएका छन्,हाम्रो इन्सपेक्टरलाई समेत कुटिएको छ,’न्युज २४ सँग कुरा गर्दै जाेशीले भन्नुभयाे । उहाँले बिहानैदेखि नै त्यहाँ पत्रकारहरू ख’टिएकाे पनि जानकारी दिनुभयाे ।प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ-‘नेपाल सार्वभौम मुलुक हो,नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन।’

हामी निरन्तर सीमा रक्षाको फलोअपमा छौं । अहिलेको महामारीको संकटमा भारतमा योगदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए ।नेपालले लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आक्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको‘लक्ष्मणरेखाना’घेर उनीहरूले अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।तस्बिर:फाइल

Leave a Reply

Your email address will not be published. Required fields are marked *