नेपालमा कोरोना संक्रमित धमाधम निको हुँदै,आजमात्रै ४ जना संक्रमित डिस्चार्ज

समाचार

काठमाडौं:नेपालमा कोरोना भाइरस संक्रमण बाट निको हुनेको संख्या धमाधम बढिरहेको छ। आज मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएका छन् ।

अस्पतालमा उपचारत ५ जना कोरोना संक्रमितहरु मध्ये एकैदिन ४ जना निको भएको अस्पतालले जनाएको छ।
उनीहरुको पछिल्लो दुई पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अहिले अस्पतालले डिस्चार्ज गर्दै छ ।

योसँगै नेपालमा कोरोना संक्रमित ४९ जना निको भैसकेका छन् भने यसबाट ३ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *