साउदीमा हालसम्म कोरोनाका कारण ७ जनाको मृत्यु, १३ सय ६४ नेपाली कामदार संक्रमित

समाचार

काठमाडौँ —साउदी अरबमा हाल सम्म १३ सय ६४ नेपाली कामदार कोरोना संक्रमित भएका छन् । जसमा १७ जना महिला रहेका छन् । यसै गरी कोरोनाका कारण । ७ जनाको मृत्यु भएको बताइएको छ ।संक्रमित नेपालीमा  राजधानी रियाद क्षेत्रमा २९९ जना,पूर्व क्षेत्रमा ६९५,कसिम क्षेत्रमा १९ जना,अन्य क्षेत्रमा ३ जना छन् ।

त्यस्तै जेद्दा १७६,मक्का ६५,मदिना ७२,जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएको बताइएको छ । त्यस्तै संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च रियादस्थित नेपाली दूतावासले जनाएको छ ।साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६५ हजार ७७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *