कोरोना आशंका गरेर पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको शंकास्पद निधन।

समाचार

पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जनाको शंकास्पद मृत्यु काठमाडौं–पाटन अस्पतालमा भर्ना भएका एक जना व्यक्तिको निधन भएको छ । कोरोना आशंका गरेर अस्पतालमा भर्ना भएका व्यक्तिको निधन भएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा उपचार गराइरहेका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिए । उनले बिरामीको कोरोनाका कारण नभई अन्य कारणले मृत्यु भएको हुनसक्ने बताए पनि मृत्युको कारण खुल्न सकेको छैन । मृतकको परिचय खुलाइएको छैन् । आइसोलेसन वार्डमा अहले १२ जना उपचाररत छन् ।

गएराति स्याङजा कोरोना आशंका गरिएका एक व्यक्तिको निधन भएको छ। उच्च ज्वरोको कारण स्यङ्जा अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भईसकेको स्याङजा अस्पतालले जनाएको छ अस्पतालको अनुसार मृत अवस्थामा अस्पताल ल्याईएका ब्यक्तिमा ज्वरो आएको हिस्ट्री भएकोले स्वाब निकालेर पिसिआर परिक्षणको लागि पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । अस्तित्व रक्षा र पुनर्जीवनमा प्रोत्साहन काठमाडौं।
Source:sarara khabar
Read more
काठमाण्डौ–कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्या’न गएको छ। धनुषाका एक युवकको कोरोनाको कारण ज्या’न गएको र अरु सङ्क्रमितको कतार सरकारले नै उपचार गरिरहेको कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले बताउनुभयो ।

कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक भन्ने कुरा आए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ भनेर दूतावासलाई जानकारी छैन।

सङ्क्रमित भएका झण्डै ६० जनाले दूतावासमा सम्पर्क गरेर आफ्नो बारेमा जानकारी गराएको र उनीहरुको स्वास्थ्य अवस्था लागायत अस्पतालले दिएका सेवा सुविधाबारे दिनहुँ फोनमार्फत जानकारी लिने काम भैरहेको राजदूत भारद्वाजले बताउनुभयो ।

गैरआवसीय नेपाली संघ(एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले भने कतारमा २५ सय नेपालीमा कोरोना सङ्क्रमण जनाएको छ । सङ्क्रमितमध्ये निको भएर काममा फर्कने धेरैले दूतावासमा सम्पर्क गर्ने गरेका छन् ।

उनीहरुसँग दूतावासले कतार सरकारले दिएको स्वास्थ्य उपचार लगायतबारे सोधपुछ गर्दा उपचारमा भेदभाव नगरेको पाइएको राजदूत भारद्वाजले बताउनुभयो ।

‘अहिले यहाँ कोरोना सङ्क्रमण पिकमा पुगेको छ, विज्ञहरुका अनुसार अब घट्दै जानेछ,’राजदूत भारद्वाजले भन्नुभयो,‘सङ्क्रमित नेपालीको सङ्ख्या पनि निकै हुनसक्छ तर उपचार राम्रो भइरहेको छ,निको हुनेको सङ्ख्या पनि बढी नै छ ।’

कतारले सुरुका दिनमा कोरोनाको कारण निधन हुनेको शव व्यवस्थापन २४ घण्टाभित्र गरिसक्ने भनेको थियो । तर कोरोनाका ज्या’न गुमाएका धनुषाका युवकको शव भने अहिलेसम्म कतारले सुरक्षित साथ राखिदिएको छ ।

अन्त्येष्टिका लागि परिवारसँग अनुमति लिनको लागि दूतावासले वैदेशिक रोजगार बोर्डलाई भनेको छ । परिवारले अनुमति पत्र पठाएपछि कतारमा शव व्यवस्थापन हुन्छ ।

कतारमा यो दुई महिनाको अवधिमा ज्या’न गुमाएका मध्ये ४० जनाको शव छ । एक जना महिलाको भने श्रीमान उतै भएकाले सदगत भैसकेको छ । ४० जनामध्ये ६ जनाका परिवारले कतारमा सदगत गर्न अनुमति दिएको राजदूत भारद्वाजले जानकारी दिनुभयो ।

परिवारले अनुमति दिएमा कतारमै सदगतको लागि दूतावासले समन्वय गर्ने र नभए लकडाउन नखुल्दासम्म कुर्नुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *