सिमा बारे बिरोध भएपछि भारतले नेपाल माथी फेरि अनिश्चितकालको लागी नाकाबन्दीको घोषण गर्दै !

अन्तर्राष्ट्रिय

काठमाडौँ:लिपुलेक अतिक्रमणवारे नेपालमा जारी चर्को विरोधका बीच भारतले अनिश्चित कालका लागि नाकाबन्दी गर्ने तयारी गरेको छ ।
दिल्ली स्थित उच्च राजनीतिक स्रोतले दिएको जानकारी अनुसार नेपालविरुद्ध अनिश्चितकालका लागि लगाइने नाकाबन्दीका लागि आगामी साता निर्णय हुनसक्ने छ ।

स्रोतका अनुसार मन्त्रिपरिषदबाटै नेपालविरुद्ध अनिश्चित कालका लागि नाकाबन्दी लगाइने तयारी भइरहेको छ । अनिश्चितकालिन नाकाबन्दीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले बिहारका मुख्यमन्त्री नितिश कुमार र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग तयारी गरिसकेको पनि जनाइएको छ । अनिश्चितकालिन नाकाबन्दीबारे भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सर्मथन रहेको जनाएको छ ।

यसअघि,विसं २०७२ असोज ३ मा २० सेप्टेम्बर २०१५ नेपालमा संविधान जारी भएपछि भारतले नेपालमाथि करिब पाँच महिना अघोषित नाकाबन्दी लगाएको थियो ।

भारतले नेपालविरुद्ध नाकाबन्दी गर्न नमिल्ने
नेपाल भूपरिवेष्टित राष्ट्र भएकोले छिमेकी देशले नाकाबन्दी लगाउन अन्तर्राष्ट्रिय कानुन,मान्यता,अभ्यास तथा परिपाटीले नमिल्ने कुरा अन्तर्राष्ट्रिय कानुनविद तथा ज्ञाताहरूले भन्दै आएका छन् । यसको पुस्ट्याइँ यस्तो रहेको छ ।

१.भारतले नेपाललाई भूपरिवेष्टित राष्ट्रको रूपमा सन्धि गरेको छ । उक्त सन्धिलाई लत्याएर नाकाबन्दी गर्न कानुनसम्मत हुनसक्दैन ।

२.नेपाल–भारतबीच व्यापार तथा पारवहन सन्धि छ । नाकाबन्दी गर्दा यसको उल्लंघन गरिएको ठहर्छ ।

३.भूपरिवेष्टित राष्ट्रका लागि बिनारोकटोक मालसामान ल्याउन—लैजान दिने अधिकार डब्लुटीओ,संयुक्त राष्ट्रसंघले नै दिएकाले त्यसलाई भारतले नकार्न मिल्दैन ।

४.खुला विश्व अर्थतन्त्रमा भारतले नेपाललाई नाकाबन्दी गर्नु भनेको भारतको नेपाल नीति असफल भएको ठहरिई विश्वमा भारतको छवि धुमिल हुनपुग्नु हो ।

५.नाकाबन्दी गर्नु भनेको हेलसिन्की अभिसन्धि अनुसार कूटनीतिक मर्यादाको उल्लंघन गर्नु हो ।

६.नेपाललाई भारतीय आयल निगमले इन्धन आपूर्ति गर्ने दुई देशीय सम्झौता रहेको छ । जस अनुसार नेपालले भारतबाट निर्वाध रूपमा पेट्रलियम पदार्थ आपूर्ति गर्न पाउनुपर्छ । नेपालले बाँकी बक्यौता सम्पूर्ण रकम चुक्ता गरी २ करोड रुपियाँ अतिरिक्त रकमका रूपमा अग्रिम दिएको छ ।
Source:News36media

Leave a Reply

Your email address will not be published. Required fields are marked *