म्यासेन्जरमा च्याट गर्दै हुनुहुन्छ ? यसरी हुँदैछ निगरानी

समाज

काठमाडौं । फेसबुकमा म्यासेन्जर गरिने अब निगरानी हुने भएकाे छ । प्रयोगकर्ताको च्याटलाई फेसबुकले नै निगरानी गर्ने भएको छ । फेसबुक प्रयोगकर्तालाई ठगीबाट बचाउन स्मार्टफोन कम्युनिकेसन सिस्टमको सहायताले निगरानी गरिने फेसबुकले बताएको हो ।

म्यासेन्जर यापमा प्रयोगकर्ताले कसैसँग च्याट गर्दा स्क्याममा फसाउने कुनै सन्देश देखिनेबित्तिकै फेसबुकले प्रयोगकर्तालाई सतर्क बनाउनेछ । यो फिचर म्यासेन्जर यापमा एन्ड्रोइड प्रयोगकर्ताका लागि मार्च महिनादेखि नै आएको र अबको केही हप्तामा आईफोन प्रयोगकर्तामा पनि पुग्ने फेसबुकले बताएको छ ।

फेसबूकको निजता तथा सुरक्षा उत्पादन व्यवस्थापन निर्देशक जे सुलिभानले भने, ‘यसको सहायताले लाखौं प्रयोगकर्तालाई सहायता दिइनेछ र उनीहरूको निजतालाई हानि नगर्दै खतरनाक ठगीहरूबाट पनि बचाइनेछ । कहिलेकाहीँ प्रयोगकर्ताहरूले विश्वासिला मानिससँग च्याट गर्दै गर्दा ठगीको शिकार हुनुपरेको छ र ठगहरूको अकाउन्ट चिन्न पनि कहिलेकाहीँ गाह्रो पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *