भूमि फिर्ता लिएमा आजिवन सारा नेपालीले ओलीको जयजयकार गर्ने । गर्ने कि नगर्ने ?

समाचार

काठमाडौं–यतिखेर नेपाल र भारतमा एउटै विषय चर्किएको छ । त्यो हो लिम्पयाधुरा,कालापानी र लिपुलेक । भारतले नेपाली यी भूमि समेटेर नक्सा जारी र सडक समेत निर्माण गरेपछि यो विषय निकै नै चर्किएको छ ।नेपाल सरकारले पनि आफ्नो मिचिएको भूमि समेटेर नयाँ नक्सा नै जारी गरेपछि नेपाल र भारतमा यो विषय चर्किएको छ । नेपालभित्र आम जनता र सबै दलहरुले सरकारलाई साथ दिएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहास रच्दै नयाँ नक्सा नै जारी गरेपछि सबै नेपाली जनताले सरकारलाई धन्यवाद दिएका छन् ।

सामाजिक सजालमा सबैले अब मिचिएको भूमि फिर्ता लिएमा आजिवन सारा नेपालीले ओलीको जयजयकार नै गर्ने टिप्पणी गरेका छन् । सडकदेखी,चोकचोक र सामाजिक सञ्जालमा यतिखेर प्रधानमन्त्री ओलीको चर्चा चुलिएको छ । सामाजिक संजालमा यतिखेर ओली सरकारलाई आम नागरिकले वाह भनेका छन् । सरकारले नयाँ नक्सालाई सबै ठाउँमा प्रयोगमा ल्याउन निर्देशन दिएको छ ।

केही महिनाअघिको एक अन्र्तरवार्तामा समेत प्रधानमन्त्री ओलीले सरकार ढल्ने अवस्था आए नि भारतले क ब्जा गरेको नेपाली भूमि फिर्ता गराएरै छाड्ने बताएका थिए। प्रधानमन्त्री ओलीले सरकारले लिम्पियाधुरा,कालापानी र लिपुलेकबाट भारतीय सेना हटाउने र नेपाली भूमि फिर्ता गरिने तथा यस्तोमा सरकार ढाले पनि आफू तयार रहेको स्पष्ट पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *