सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

समाचार

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन
काठमाडौं । नेपालको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्।

उनको घर काठमाडौंको पकनाजोल हो । उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *