जेष्ठ-११ गते आइतबार को राशिफल।पाथीभरा माता ले सबैलाइ भाइरस सङ लड्ने क्षमता प्रर्दान गरुन।

राशीफल

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाँउमा पैसा खर्च हुँदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ । आम्दानीमा कमी आउने छ । रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।

बृष(इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)
घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । साथै,अन्नको पनि लाभ हुने दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । तर, पढाइमा भने खासै मन नजाला ।

मिथुन(का,कि,कु,घ,ङ,छ,के,को,ह)
अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाँउबाट पैसा आउने देखिन्छ ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कमाइ राम्रैसंग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । टाढाको यात्राको पनि योग छ । आज तपाइको नँया ठाँउको भ्रमणले आर्थिक लाभ हुन सक्छ । कसैबाट समर्थन पनि पाइएला।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होस पुर्याउनु होला ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ,सावधान रहनु होला । आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला । तर, सोचेको काम भने समयमा नै पुरा नहोला ।

तुला(र,रि,रु,रे,रो,ता,ति,तु,ते)
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो । जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,यु)
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । साथै, आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

धनु(ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । केही कारणले धनको पनि नाश होला ।

मकर(भो,ज,जि,खि,खु,खे,खो,गा,गि)
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । तर,पनि कसैसंग सानो मनमुटाव हुन सक्छ ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । गुरुजन,छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ । कृषिको कामबाट पनि फाइदै होला ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आफन्तले प्रशंसा गर्नेछन् । जाँगर बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *