डब्ल्यूएचओद्वारा को`रोनाका बि`रामीलाई दैनिक १६ घण्टासम्म घो`प्टो परेर सु`त्न सुझाव।

स्वास्थ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले कोरानाका बिरामीलाई दैनिको १२ देखि १६ घण्टासम्म घो`प्टो परेर सुत्न सुझाव दिएको छ।

अमेरिकन र्थोयासिक सोसाइटीले चीनको वुहानमा को`रोनाका बि`रामीमा गरेको अध्ययन घो`प्टो पारेर गरिएको उपचार विधि प्रभावकारी देखिएको रिपोर्ट सार्वजनिक गरेको केही दिन पछि संगठनले त्यस्तो सुझाव दिएको हो । साथै उस्ले अस्पतालहरुलाई पनि यो विधि अपनाउन आव्हान गरेको छ । खासगरि स्वास प्रश्वांसका विरामीहरुको लागि यो विधि अति नै उपयोगी भएको संगठनको दावि छ ।

विरामीलाई घो`प्टो पारेर उपचार गर्ने विधिलाई‘प्रोनिङ’भनिन्छ र यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्छ । बिरामीहरूलाई कैयौँ घण्टासम्म घोप्टो पारेर राख्न सकिन्छ जसले गर्दा श्वासप्रश्वासमा अप्ठेरो पार्नेगरी फोक्सोमा जम्मा भएका हुन सक्ने तरल पदार्थ निस्किन्छ ।
‘कोरोना भएका कैयौँ बिरामीहरूको फोक्सोमा पर्याप्त अक्सिजन पुगेको हुँदैन र त्यसले हानि पुग्छ,’अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका सहायक प्राध्यापक एवं श्वासप्रश्वास रोगका विज्ञ डा.प्यानागिस गालियात्सातोसले बताए ।

‘उनीहरूलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन। त्यस्तो बेला हामी उनीहरूलाई घोप्टो पार्छौँ,ताकि फोक्सो फैलिन पाउँछ ।’उनी भन्छन् । डा.गालियात्सातोसका अनुसार फोक्सोको सबभन्दा गह्रुङ्गो भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ ।

त्यसको साटो घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्छ अनि फोक्सोको विभिन्न भाग सक्रिय हुन पाउँछ ।‘यसले उल्लेख्य परिवर्तन गराएको देखिन्छ । हामीले कैयौँ बिरामीमा यसले काम गरेको देखेका छौँ’ डा.गालियात्सातोसले बताए ।

बालबालिकाको हकमा यो विधि उपयोग गर्न विचार गर्न सकिने तर त्यसको निम्ति थप विज्ञतासहितका प्रशिक्षित स्वास्थ्यकर्मी आवश्यक हुने डब्ल्यूएचओले बताएको छ ।

श्वासप्रश्वासका गम्भीर अवस्था बेहोरेका बिरामीलाई घोप्टो पार्दा धेरै फाइदा भएको पाइएको छ ।

जो`खिमपूर्ण विधि
हेर्दा सामान्य लागेपनि घोप्टो पार्ने विधि जोखिमपूर्ण मानिन्छ । बिरामीलाई त्यसरी मिलाएर घोप्टो पार्न समय र प्रशिक्षित विज्ञ आवश्यक हुन्छ ।
‘यो सजिलो छैन । प्रभावकारी रूपमा गर्न चारदेखि पाँच जना आवश्यक पर्छ,’डा.गालियात्सातोसले भने।

स्वास्थ्यकर्मीको अभाव भएको र ठूलो संख्यामा कोरोना का बिरामी ओइरिएका अस्पतालहरूमा यो विधिको उपयोग गर्न चुनौतीपूर्ण हुन्छ । डा.गालियात्सातोसका अनुसार जोन्स हप्किन्स अस्पतालले घोप्टो पार्न एउटा टोली नै खटाएको छ ।

‘त्यसैले यदि कोही को`भिड १९ का बिरामी सघन उपचार कक्षमा छन् जहाँका स्वास्थ्यकर्मीमा यो अनुभव छैन उनीहरूले हाम्रा विज्ञ टोलीलाई बोलाउन सक्छन् ।’अस्पतालले भनेको छ । बिरामीलाई घोप्टो पार्दा अन्य जटिलता पनि उत्पन्न हुन्छ ।

‘हाम्रो एउटा प्रमुख चिन्ता मोटोपना हो । साथै छातीमा चोट लागेका व्यक्ति वा भे`न्टिलेशन ट्यूब वा क्याथिटर ट्यूब लगाएका बिरामीहरूलाई घोप्टो पार्दा अत्यन्त सावधानी अपनाउनुपर्छ ।’उनले भनेका छन् ।

यो विधिलाई हृ`दयाघातसँग पनि जोडेर हेरिन्छ भने कतिपय अवस्थामा यसो गर्दा सास फेर्ने नलीमा बाधापनि पुग्छ ।

व्यापक उपयोग
घोप्टो पार्ने विधिको फाइदा सुरुमा सन् १९७० ताका देखिएको थियो । तर सन् १९८६ पछि मात्र यसलाई विश्वभरिका अस्पतालहरूले धेरै प्रयोगमा ल्याएको विज्ञहरू बताउँछन् ।

यो विधिलाई सुरुमा अध्ययन गर्ने र उपयोगमा ल्याउने डाक्टर लुसियानो गाट्टिनोनी हुन् । उनी हाल इटलीको मिलानको यूनिभर्सिटा स्टाटालमा प्राध्यापक हुन्।

प्राध्यापक गाट्टिनोनीले बीबीसीलाई बताएअनुसार सुरुसुरुमा यो विधिबारे निकै आपत्ति जनाइएको थियो ।‘तर अचेल यो व्यापक प्रयोग हुन्छ’ उनले भने।

फोक्सोमा धेरै अक्सिजन पुग्नु मात्र यसको फाइदा नभएको उनले बताए । ‘बिरामीहरूलाई घोप्टो पार्दा,फोक्सोमा पर्ने चाप सबै भागमा बराबर फैलिन्छ’ प्राध्यापक गाट्टिनोनीले बताए।

‘भे`न्टिले`टरको मेकानिकल ऊर्जा फोक्सोमा पठाइएको दृश्य एक पटक कल्पना गर्नुहोस्, त्यो भनेको लगातार मुक्का प्रहार गरिएको जस्तै हो । यदि त्यो शक्ति बराबर रूपमा फोक्सोको सबै भागमा फैलियो भने त्यसले र्पुयाउने हानि पनि कम हुन्छ ।’

‘फ्रान्समा सन् २००० मा गरिएको एक अध्ययनमा घोप्टो पारिएका बिरामीहरूमा राम्ररी अक्सिजन प्रवाह भएको र उनीहरूको बाँच्ने सम्भावना बढेको देखिएको थियो ।’

मुख्य कुरा यो एउटा यस्तो विधि हो जसले हालसम्म कुनै उपचार नभएको रोगसँग ल`ड्न एउटा उपाय दिन्छ ।‘अहिलेको लागि हामीले यस्ता विधिको प्रयोग गर्नु उचित नै हुन्छ,’डा.गालियात्सातोसले बताए ।
यो खबर जन्तापाटि मा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *