बिरामीको लागि उपचार खर्च पुर्‍याउन जानेक्रममा भाग्य न्यौपाने मोटरसाइकल दु’र्घटनामा परि घाइते,(तस्बिर सहित)

समाचार

काठमाडौं ११ जेठ / केहिबर्ष यतादेखि सामाजिक कार्यमा सक्रिय युट्युबर भाग्य न्यौपाने चढेको मोटरसाइकल दुर्घटना भएको छ । राजधानी बाहिर बिरामीको लागि उपचार खर्च पुर्‍याउन जानेक्रममा मोटरसाइकलको ब्रेक लक भएर दुर्घटना भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले लकडाउन घोषणा गरेसँगै निम्न परिवारका व्यक्तिहरुलाई भाग्य न्यौपानेले सहयोग गर्दै आएका थिए ।

हाल उनको उपचार भइरहेको र अवस्था सामान रहेको समेत जानकारी दिएको छ । भाग्य न्यौपानेले अस्पतालबाट लेखेका छन,

मेरो लागि आज दु:खद दिन ..
सेवा गर्न जादा यस्तो भयो,काठमाडौ बाहिरका २ जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो,पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि,म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो दुर्घटना भयो ।


आज मैले २ बर्ष देखि चलाउदै आएको मोटरसाइकलमा अघाडिको ब्रेक लक भएसी यस्तो हुन पुग्यो,हातमा,खुट्टा र कम्मरमा घाउ असर देखिएको छ ।


सके भोलि नत्र कुनै न कुनै तरिकाले म उत्त बिमारिहरुलाई पैसा पठाएर उहाँहरुको रोकिएको उपचारको लागि सहयोग गर्नेछु । एक्सरे रिपोर्ट ले भित्री तेस्तो कुनै ठूलो असर देखाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *