विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन एक दुई दिनमै विशेष योजना सार्वजनिक गर्ने प्रधानमन्त्री को भनाइ ।

राष्टिय

काठमाडौं । विदेशमा अलपत्र परेकालाई सरकारले तत्कालै स्वदेश फर्काउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन एक दुई दिनमै विशेष योजना सार्वजनिक गर्ने बताएका छन ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका हुन ।

‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरूलाई सरकारले समयमै उद्धार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ’ आफ्नो सम्बोधन प्रधानमन्त्री ओलीले भनेका छन ।

छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिएको प्रधानमन्त्री ओलीको दाबी छ ।

सरकारले यसअघि दैनिक ६ हजार मानिसलाई उद्धार गर्ने योजना बनाएका थियो । तर प्रधानमन्त्री ओलीकै अरुचिका कारण यो योजना कार्यान्वयन नभएको सरकारका एक मन्त्रीले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *