युरोकप समय सार्न इटालीको आग्रह

खेलकुद

इटालियन फुटबल फेडेरेशनले युरोकप फुटबल पछि सार्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका सिरी ए फुटबलका खेलहरु सकिन समय प्रदान गर्नका लागि युरोकप केही समय पछि सार्न इटालियन एफएले आग्रह गरेको हो ।इटालियन एफएका अध्यक्ष गाब्रिएल ग्राभिनाले यो प्रस्ताव मंगलबार बस्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको आपतकालीन बैठकमा पेश गरिने जानकारी दिए ।

कोरोना भाइरसका कारण इटाली नराम्रोसँग प्रभावित भएपछि गएको मंगलबार सिरी ए फुटबलका खेलहरु तत्कालका लागि स्थगित भएका छन् । युरोकप फुटबल आउँदो जुन १२ देखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *