जाजरकोटमा एकराज र उनकी श्रीमती कुमारी को मृत्यु ५ जना घाइते

समाचार

जाजरकोट,१४ जेठ । जिल्लाको नलगाड नगरपालिका ९ तात्रामा बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एक दम्पतिको ज्यान गएको छ ।स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि बालुवा निकाल्ने क्रममा उनीहरू पुरिएकाे प्रहरीले जनाएको छ । ज्यान जानेमा स्थानीय ३५ वर्षीय एकराज सिंह र उनकी श्रीमती ३३ वर्षीया कुमारी सिंह रहेका छन् ।त्यस्तैगरी अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय यज्ञबहादुर सिंह,कमला सिंह,तारा सिंह,तारा सिंह र लक्ष्मी सिंह रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।शितल भट्टकञ्चनपुर,१४ जेठ। कोरोना कहर रोकथाम एवं नियन्त्रणका लागि युद्धस्तरमा खटिएका कञ्चनपुरका एक जनप्रतिनिधिको मृत्यु भएको छ ।कृष्णपुर नगरपालिका-७ का वडाध्यक्ष कल्लु रानाको गएराति अचानक मृत्यु

भएको हो । भारतबाट आएका वडाबासीको स्थानीय राष्ट्रिय मावि क्वारेन्टाइनमा व्यवस्थापन गर्न खटिएका वडाध्यक्ष रानाको एक्कासि ह्दयघातका कारण मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्ष फिल्डमा एक्कासि बेहोश भएको बताए।‘फिल्डमै बेहोश भएका वडाध्यक्षलाई तुरुन्तै एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल लगियो,’प्रहरी प्रवक्ता पौडेलले भने,‘अस्पतालले तत्कालै मृत घोषणा गरेकाे थियो ।’प्रहरीका अनुसार ह्दयघातका कारण वडाध्यक्षको मृत्यु भएको हाे । क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्ष रानाको कोरोना भाइरस पनि परीक्षण गरिने भएको छ । घर-परिवार र कृष्णपुर नगरपालिका स्रोतले उनकाे स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने बताए ।नगरपालिकाले कोरोना महामारी रोकथामका लागि खटिएका जनप्रतिनिधिको दु:खद रूपमा अप्रत्यासित निधन भएको जनाएको छ । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष रानाको मृत्युको खबरले उनकाे घर-परिवार,नगरपालिका एव काँग्रेस सहितका स्थानीय जनप्रतिनिधि स्तब्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *