जेष्ठ-१५ गते बिहिवार को राशिफल। पाथीभरा माताले सबैको रक्ष्ाा गरून्।

राशीफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ,सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)
कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । व्यवसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ । सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला । उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनु होला ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । विभिन्न अवसरले पछ्याउने छन् । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । धनको पनि लाभ होला ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । टाढाको यात्राको पनि संभावना रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ ।

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दैछ । काम गर्नमा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला,सावधान रहनु होला ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला । यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैँया पैसा प्राप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ । नँया योजनाहरुको पनि सिर्जना हुने दिन छ ।

मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)
मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पूराना साथी भाइसँग पनि भेट होला । भौतिक साधन जुट्नेछन् । नउठ्ने रकम उठ्ने दिन छ, मन प्रफुल्ल रहला ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, विचार गर्नु होला । ईष्या गर्नेहरू सक्रिय रहनेछन् । छर छिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनु होला ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नँया काममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *