पुनः १ जना कोरोना संक्रमितकाे मृ’त्यु, मृ’तककाे संख्या ५ पुग्याे

समाचार

काठमाडौं:नेपालमा काेराेना भाइरसबाट थप एक जनाकाे मृ’त्यु भएकाे छ। कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृ’त्यु भएको हाे । यससँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ नि’धन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय,ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले  बताए ।

डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।

तेस्तै,वीरगञ्ज । वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुमध्ये २१ जना मंगलबार राति डिस्चार्ज भएका छन् ।कोरोनालाई जितेर डिस्चार्ज हुनेहरुमा ५ जना महिला र १६ जना पुरुषहरु रहेका छन्। जहाँ २ वर्षीय र १० वर्षीय बालक तथा १५ वर्षीय एक किशोर पनि रहेका छन् ।

गण्डक अस्पतालमा उपचाररत ३० जना कोरोना संक्रमितहरुमध्ये २१ जना पूर्ण रुपमा निको भएपछि मंगलबार राति करिब १० बजे सम्पूर्ण कागजात पूरा गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा। उदयनारायण सिंहले जानकारी दिए ।

प्रदेश नम्बर २ का विभिन्न जिल्लाबाट १ सय २ जनामा कोरोना संक्रमितहरु उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार हुँदै आएको थियो, तर गत सातादेखि गण्डक अस्पतालमा पनि कोरोना संक्रमितहरुको उपचार शुरु गरिएको थियो ।

नारायणी अस्पतालले कोरोना संक्रमितहरुलाई थेग्न नसकेपछि ३० जनालाई गण्डक अस्पतालमा राखेर उपचार शुरु गरेको थियो,भने बाँकी ७२ जनालाई नारायणी अस्पतालमै उपचार भइरहेको थियो ।

नारायणी अस्पतालमा उपचाररत ७२ जना संक्रमितहरुमध्ये शनिबार ९ जना तथा सोमबार ६३ जना गरी सम्पूर्ण संक्रमितहरुलाई डिस्चार्ज भइसकेका छन् । अहिले उकत अस्पतालमा एक जना पनि कोरोनाका बिरामी नभएपछि अस्पताल खाली भएको छ ।यता गण्डक अस्पतालमा भने उपचाररत ३० जना संक्रमितहरुमध्ये मंगलबार राति २१ जना डिस्चार्ज भएका हुन् । अहिले बाँकी ९ जना संक्रमितहरुको गण्डक अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *