आज पनि एकैचोटी थपिए १५६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १०४२ पुग्यो

स्वास्थ

काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । आज बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाकाले बताएका छन् । उनका अनुसार विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप १५६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८,कैलाली २,दार्चुला १,स्याङ्जा ३,नवलपुर १, धनुषा २९,महोत्तरी १७,सप्तरी१४, मकवानपुर १,बर्दिया ३,बाँके १,झापा २५, सर्लाही ७,सिरहा ६,रौतहट २०,दोलखा २,सोलुखुम्बु १,बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *