सच्चा गणतन्त्रवादी क्रान्तिकारीको हातमा सत्ता पुग्न सकेन – बाबुराम भट्टराई

राजनिति

काठमाडौं,१५ जेठ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गणतन्त्र सच्चा गणतन्त्रवादी क्रान्तिकारीहरुको हात पर्न नसक्दा जनतामा निराश छाएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा सामाजिक संजाल फेसबुकमा उनले अक्सर क्रान्तिपछि क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्दै निरन्तर अग्रगति र प्रगतिको दिशामा अघि बढ्न सच्चा गणतन्त्रवादी क्रान्तिकारीहरूको हातमा सत्ताको नेतृत्व हुनुपर्ने बताए ।

गणतन्त्र घोषणा हुने बित्तिकै लेखेको एउटा सपना पूरा भएको दिन शीर्षकको समग्री सेयर गर्दै पढ्न आग्रह गर्दै उनले विविध कारणले ‘गणतन्त्र ल्याउनु भनेको ठेलगाडा चढेर अमेरिका जान्छु भन्नु जस्तै हो’भन्नेहरूका हातमा सत्ता पुगेको समस्या उत्पन्न भएको बताए ।

उनले भनेका छन्,–
‘गणतन्त्रलाई सबैको घरदैलोमा पुर्याउने काम अझै बाँकी छ । आर्थिक,सामाजिक,सांस्कृतिक रूपान्तरणको काम बाँकी छ । त्यसैले जनतामा निराशा,आक्रोश बढ्दैछ । तर त्यो जायज निराशा र आक्रोशलाई हामीले समाजलाई अझै उन्नत दिशामा लैजाने उर्जामा परिणत गर्नुपर्छ । किनकि गणतन्त्रको विकल्प अझै उन्नत समावेसीता र सहभागितामूलक लोकतन्त्र सहितको गणतन्त्र हो।’

उनले अझै थपेका छन्,नानी जन्मदा सालनाल सहित नै जन्मन्छ,हामीले सालनाल फ्याक्ने हो,नानीलाई फ्याक्ने हैन।

अहिले भैरहेका कमजोरीहरू सच्याउन ढिलोचाँडो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद सहितको शासकीय प्रणालीमा जानैपर्ने पनि उनले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *