भारतकी चर्चित अभिनेत्रीको सडक दुर्घटनामा परि निधन

समाचार

भारतीय टिभी अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा निधन भएको छ । २२ वर्षकी मेबिना माइकल आफ्नो घर जाँदै गर्दा सडक दुर्घटनामा परेकी थिइन् । उनी भारतको कन्नडकी निकै लोकप्रिय अभिनेत्री हुन् । कन्नड टिभी दुनियाँमा उनको निकै राम्रो पहिचान स्थापित भइसकेको थियो।

उनी आफ्ना साथीहरुसँग घर मेदीकेरी जाने क्रममा एक ट्रकसँग ठोक्किएको र दुर्घटनामा परेको भारतीय मिडियाले जनाएका छन् । यो घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ ।

मेबिनाको दुर्घटना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो । मेबिनाको निधन को खबरले उनको पूरा परिवारलाई ठूलो धक्का लागेको छ । मेबिना आफ्ना साथीहरुसँग घर फर्किरहेका बेला बाटोमा उनको कार एउटा ट्र्याक्टरसँग ठोक्किका कारण यो विपत आइपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *