जेष्ठ-१६ गते शुक्रबार को राशिफल।पाथीभरा माता ले सरकारलाई सिमा सुरक्षा गर्ने क्षमता प्रदान गरून्।

राशीफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यापारमा सफलताले मन रमाउन छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । जागीरमा पनि ठिकै छ । मान सम्मान मिल्नेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ ।

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)
ठूला व्यक्तिको आशा र भरोसा पनि तपाई प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
सहयोग र नयाँमित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ । धनको लाभ पनि होला । सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
परिश्रमले आफ्नो लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दै नसोचेको ठाँउमा पैसा जाने दिन छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नँया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ, दिन राम्रै छ । आय बृद्धि हुने दिन छ । नँया कामको अवसर पनि मिल्ला । अँँन्नको लाभ पनि हुने दिन छ ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बढ्नाले सुख बढ्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ ।

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)
ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । साथीभाइसंग भेटघाट पनि होला । नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,यु)
समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गन सकिदैन । रोगले साताउला, सोच्दै नसोचेको ठाँउमा रुपैया पैसाको खर्च होला ।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बढ्नेछ । आफन्तको काममा नै आजको दिन बित्ने छ ।

मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)
परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रोसंग कमाई हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । धन लाभ पनि होला ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन प्राप्तीको योग छ । टाढाको यात्रा पनि होला । कामहरु सजिलैसंग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झै झगडा पनि होला । शरिरमा आलस्यता छाउने देखिन्छ । कसैसंग सामान्य वादविवाद पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *