सीमा विवाद मिलाउँन मोदीले बोलाए, ओली जुन बेलापनि भारत जान तयार । भारत नजाने समाचार शतप्रतिशत अफवाह ।

समाचार

काठमाडौ । सीमा विवादको कारण नेपाल–भारत सम्बन्धमा चिसोपना आएको छ । नेपाली भूमि लिपुलेक,लिम्पियाधुरा र कालापानी समावेश गरेर भारतले नक्सा प्रकाशित गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएको थियो । पछि फेरी भारतले नेपाली भूमिमा चीनको धार्मिक स्थल मानसरोवर जाने सडक नै निर्माण गर्न थाल्यो । त्यसपछि नेपाललेपनि आफ्नो भूमि समेटेर नयाँ नक्सा बनायो । भारतले नेपाली भूमि समावेश गरेर नक्सा प्रकाशित गरेलगत्तै नेपाल सरकारले ‘प्रोटेष्ट नोट’पठाएको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक रुट उद्घाटन गरेपछि त नेपाल र भारतबीचको सम्बन्ध पूरै चिसिएको छ ।

नेपालले लिपुलेक,लिम्पियाधुरा र कालापानी समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । नेपालले नयाँ आद्यवधिक नक्सा सार्वजनिक गरेकै दिन भारतले उक्त नक्सा अस्विकार गर्ने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले एक स्टेटमेन्ट जारी गर्दै नेपालले जारी गरेको नक्सा एकपक्षीय र कृत्रिम विस्तार भएको बताएका थिए । नेपालले भारतसँगको सीमा विवाद समाधानको लागि तत्काल कुटनीतिक वार्ता गर्नुपर्ने बताउँदै आएको छ ।

यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा नजाने चर्चा चलेको थियो । तर,सीमा विवाद समाधानको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिए आफू जान तयार रहेको प्रधानमन्त्री ओलीले बताउने गरेका छन । उनले आफूमात्रै नभई वार्ताको लागि नेपाल सरकारका जोसुकै प्रतिनिधिहरु पनि यी बेला भएपनि भारत जान तयार रहेको बताएका छन् । भारतसँग वार्ता गर्न प्रधानमन्त्री ओली हरदम तयार रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री ओलीले भारत नजानेबारे आफ्नाबारे अफबाह फैलाईएको गुनासो राखेका थिए । बैठकमा ओलीले सीमा विवादको लागि भारतसँग वार्ता गर्न तयार रहेको बताउँदै भारतबाट निम्तो आए आफूपनि जाने जानकारी दिएका थिए । ओलीले भनेका थिए,हामीले वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ,तर अहिले हामी भारत जाँदैनौँ,मन्त्रीहरू पनि जाँदैनन्,म पनि जाँदिनँ भनेर बाहिर जुन प्रचार गरिएको छ,त्यो शतप्रतिशत अफवाह मात्र हो ।’
source–chadanipost

Leave a Reply

Your email address will not be published. Required fields are marked *