बजेटबारे पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया : क्यान्सरको उपचार झारफुक जस्तो

समाचार

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बजेट पुरानै निरन्तरता भएको बताएका छन्। बजेट पछि प्रतिक्रिया दिँदै उनले अहिलेको अवस्थामा केही फरक आउन पर्ने भए पनि त्यसो नभएको बताए। शिद्धान्तत बजेट ठिकै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए। स्वास्थ्य, रोजगारीमा, कृषि र शिक्षामा प्राथमिकता दिने कुरा ठिकै भए पनि बजेट कति छुट्याइएको छ भन्दै प्रश्न गरे।

न्यून बजेटलाई विशेष क्षेत्रमा फोकस गरेर ल्याउनु पर्ने भए पनि त्यस्तो नपाइएको बताए। ‘कृषिमा गरिएको लगानीले कति रोजगारी सिर्जना गर्ला? कोरोनामा विनियोजन गरेको रकमले समाधान देला?’ उनले प्रश्न गरे। बजेट कनिका छरेजस्तै भएको उनले बताए। नचाहिने कुरामा पनि बजेट छरिएको उनले बताए। उनले बजेट क्यान्सरको उपचार झारफुक जस्तो भएको प्रतिक्रिया दिए।

बजेटको आकार घट्यो
सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ। चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरिएको छ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ। यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ। त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ।

सरकारले विनियोजन गरेको बजेटको आकार चालु आर्थिक वर्षको भन्दा घटेको छ। चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *