रिर्सोटमा फ्रेस हुन भन्दै प्रहरीसंग रुम बुक गरेर बसेकी २१ वर्षीया निर्मला मृत अवस्थामा फेला

समाचार

डडेलधुरा । डडेल्धुराको सदरमुकाममा रहेको रातो गुराँस रिर्सोटको बाथरुमामा मृत भेटिएकी युवतीसंग रहेका युवा रामदिन चौधरी प्रहरीमा कार्यरत रहेको खुलेको छ । बुधबार विहान करिब ७ बजेतिर ती युवतीका नाममा होटलमा कोठा बुक गरेपछि युवती होटलको कोठामा पुगेकी थिइन्। युवती होटलमा पुगेको १५ मिनेट पछि चौधरी युवतीको कोठामा पुगेका थिए ।जिल्लाको अमरगढी नगरपालिका–७ की अन्दाजी २०/२१ वर्षीया निर्मला बोहोरा बुधबार बिहान कोठाको बाथरुममा मृत अवस्थामा फेला परेकी थिइन। कपडा इस्त्री गर्ने आइरनको तारमा झु’ण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।अजयमेरु गाउपालिका २ चमडामा रहेको चमडा चौकीमा कार्यरत रामदिन चौधरीले सरकारी रातो रंगको मोटरसाईकल प्रयोग गरेका थिए । रिर्सोटका म्यानेजर विष्णु
भट्टले मृतक युवतीले मेरो श्रीमान आउदै हुनुहुन्छ हामी फ्रेस भएर निस्कन्छौ भन्दै रिर्सोटको रुम बुक गरेको बताए ।मृतक युवतीका आफन्तहरुले भने युवतीले

घरबाट आफ्ना सवै लुगा कपडा लिएर मंगलबार नै निस्केको बताएका छन् । घटनाका सन्दर्भमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले शबको पोर्टमार्टम गर्नु पर्ने र पिडित पक्षले किटानी जाहेरी दर्ता गरेपछि थप अनुसन्धान गरिने बताए । उनले भने‘प्रमाणका आधारमा घटनामा संलग्न जो भए कानुनी कारवाहीको भागेदार हुन्छ ।’साथै प्रहरीले उक्त रिसोर्टमा सीसी टिभि क्यामेरा समेत रहेकाले त्यसको समेत अनुसन्धान भइरहेको र छिट्टै घटनाबारे सबै कुरा सार्वजनिक हुने जनाएको छ।खाना खान बोलाउन जाँदा कोठाको बाथरुममा उनी(बोहरा) मृत अवस्थामा फेला परेपछि होटलले प्रहरीलाई जानकारी गराएको थियो। तर युवतीसँगै रहेका एक व्यक्ति मृतकको शव भेटिँदा कोठामा नभेटिएका कारण घटना झन रहस्यमय बनेको थियो ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले देशभर लकडाउन जारी गरेको छ। उक्त समयमा कुनै होटल नखोल्न भनेको छ। तर सरकारी आदेशको धज्जी उडाएर डडेल्धुराको रातो गुँरास रिसार्टले व्यवसाय गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *