प्रधानमन्त्रीमाथि यस्तो गम्भीर आरोप लगाउदैं उपेन्द्र यादवको ठोकुवाः नेपाली भूमि फिर्ता हुदैंन; हेर्नुहोस अन्तरबार्ता–(भिडियोसहित)

भिडियो

नवगठित जनता समाजवादी पार्टीका शीर्ष नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले भूमि फिर्ता ल्याउन नसक्ने ठोकुवा गरेका छन् । एक चर्चित टेलिभिजनसँगको अन्तरवार्तामा नेता यादवले आन्तरिक एकता बलियो नबनाईकन भूमि फिर्ता ल्याउने कुरा असम्भव रहेको र त्यो प्रधानमन्त्री ओलीले नसक्ने दाबी गरेका हुन् ।

उनले भने,’प्रधानमन्त्रीले हाम्रो मुद्दा सम्बोधन गर्ने कि नगर्ने ? त्यस विषयमा हाम्रो छलफल चलिराखेको छ । त्यसमा प्रधानमन्त्रीको दायित्व हो हामीलाई पनि साथमा लिएर जाने । यदि उहाँले लिएर जान सक्नुभएन भने त्यो उहाँको दोष हुन्छ । उहाँले हाम्रो मुद्दा सम्बोधन गर्नुहुन्छ भनेर विश्वास, अविश्वासको कुराभन्दा पनि नियतको कुरा हो । उहाँले मुलुकलाई कता लैजानुहुन्छ । यो पहिलो कुरा हो,अर्को कुरा देशको आन्तरिक एकता नभईकन,आन्तरिक एकता दहो नभईकन उहाँले भन्नुहुन्छ नि भूमि ल्याउने,भूमि ल्याउने होईन उहाँले । आउनेवालापनि उहाँबाट होईन । एउटा कुरा याद राख्नुहोस्।’

प्रधानमन्त्री ओलीले सबैलाई साथमा नलिएर एक्लै अगाडी बढ्न खोजेको उनको आरोप छ । आफूहरुले उठान गर्दै आएको संविधान संशोधनको मुद्धाको सुनुवाई हुन्छ कि हुदैँन भन्ने कुरा हेर्न बाँकी रहेको यादवको भनाई छ । ओलीमाथि अर्को आरोप लगाउदैं उनी भन्छन्,प्रधानमन्त्री ओली एक्लै अगाडी बढेर सबैकु्रा गर्छु भन्ने जुन दम्भ छनि प्रधानमन्त्रीज्यूमा त्यसले कही पनि पुर्याउदैँन,त्यसले केवल दुर्घटना निम्त्याउछ ।

नेपाल भारत सिमा विवाद वार्ताका माध्यमबाट टुङ्ग्याउनुपर्ने यादवले बताए। वार्ताबाहेक अर्को विकल्प नभएको उनको भनाई छ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पिर्ता गर्नका लागि प्रधानमन्त्री ओलीले सर्वप्रथम आन्तरिक एकता मजबुत पार्नुपर्ने धारणा राखे ।

हेर्नुहोस् भिडिओ अन्तरवार्ताः:

Leave a Reply

Your email address will not be published. Required fields are marked *