अस्तिभखर जोरोले थलीयर सीमामै मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ।

समाचार

धनुषाको जटहीस्थित नेपाल-भारत सीमा नाकामा मृत्यु भएका ३० वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृतकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो ।

मृतकको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको उनले लोकान्तरलाई जानकारी दिए । गत बुधवार भारतको गुजरातस्थित सूरतबाट नेपाल आउँदा सीमानाकामा नै उनको मृत्यु भएको थियो ।

भोक र ज्वरोका कारण समयमा नै अस्पताल नलग्दा उनको सीमा नाका जटहीको सडकमा नै मृत्यु भएको थियो । मृतकको शव परिवारजनलाई जिम्मा लगाउने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

जटही सीमा नाकामा राज्यको प्रतिनिधिका रुपमा उपस्थित रहेका सुरक्षाकर्मीको आँखै अगाडि छटपटाउँदै उनको मृत्यु भयो । यो हृदयविदारक घटनापछि स्थानीय स्तरमा तीनै तहका सरकारको आलोचना भइरहेको छ । ती मृतकका आमा,बुवा,भाइ,श्रीमती,३ वर्षका छोरा र ६ महिनाकी छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *