खुसिको खबर आज शुक्रबार कोरोना जितेर थप आठजना डिस्चार्ज।

समाचार

दाङ,दाङको बेलझुण्डीमा रहेको कोरोना बिषेश अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन । दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज विदाई गरेर घर पठाईएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा सर्वेश शर्माले जानकारी दिए ।उनिहरुलाई एक औपचारिक कार्यक्रम गरी खादा लगाएर विदाई गरिएको शर्माले बताए । निको भएर घरजानेमा कपिलवस्तुका ४ जना, बाँके नरैनापुरका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना रहेका छन ।

कोरोना जितेकाहरुलाई लिन संवन्धित स्थानिय पालिकाहरुले एम्वुलेन्स पठाएका थिए । अस्पतालमा ४५ जना कोरोना संक्रमित रहेकोमा ८ डिस्चार्ज भए संगै अहिले ३७ जना कोरोना संक्रमित रहेका छन् ।उनिहरुलाई अस्पतालका सदस्य सचिव डा.सर्वेश शर्मा सहितको चिकित्सकको टोलीले एक बजे विदाई गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *