मन्त्रीले नै –कोरोना भाइरस पत्नी जस्तै हो,नियन्त्रण गर्न सकिँदैन भने पछि वि’वादित”

अन्तर्राष्ट्रिय

जकार्ता। इन्डोनेसियाका एक मन्त्रीले कोरोना भा’इरसलाई महिलासँग तुलना गर्दै वि’वादास्पद अभिव्यक्ति दिएका छन् । उनले ‘वि’द्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोना भाइरसबारे सार्वजनिक रुपमा बोलेपछि वि’वादित बनेका हुन् । सामाजिक रुपमा यससँग नडराउन पनि उनको आग्रह थियो । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनको‘सेक्सिस्ट’अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् । साथै उनको अभनाइप्रति आपत्ति जनाएका छन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत उक्त अभिव्यक्ति दिएका थिए । यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए,‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ ।

अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि,कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो,पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि,तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भत्र्सना गरेका छन् । इन्डोनेसियन सर’कारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । जहाँ कोरोना भाइरसका संक्रमितको संख्या २४ हजार पुगेको छ । १ हजार ४ सय ९६ जनाको मृ’त्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *