आफु हरुकै सुरक्षा मा खटिएका प्रहरी लाई कु;टपिट गरे क्‍वारेन्टाइनमा बसेकाले

समाचार

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्‍वारेन्टाइनमा बसेकाहरुले सुरक्षार्थ खटिएका एक प्रहरीलाई शनिबार कुटपिट गरी घाइते बनाएका छन्। क्‍वारेन्टाइनमा बसेकाहरुसँग भेट्न आएका आफन्तहरुलाई दुरी कायम राखी बस्न भनेपछि क्‍वारेन्टाइनमा बसेका र उनलाई भेट्न आएकाहरुले मिलेर कुटपिट गरेको घाइते प्रहरी कमलेश साहले बताए ।

‘क्‍वारेन्टाइनमा बसेका व्यक्तिसँग चार जना टाँसिएर कुरा गरिरहेको देखि टाढै बस्न भनेर सम्झाउनासाथ उनीहरु मिलेर कुटपिट गरे’घाइते प्रहरी साहले भने। आक्रमणमा परेका प्रहरी साहको दाहिने घुँडाको माथिल्लो भाग भाँचिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अहेव डम्बरप्रसाद गुप्ताले बताए। घाइते साहलाई उपचारार्थ कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न एकान्तवासका लागि क्‍वारेन्टाइनमा सुरक्षित राखे पनि परिवारका सदस्यहरु र साथीहरु आएर क्‍वारेन्टाइनमा अनावश्यक भिडभाड गर्ने गरेको प्रहरीको भनाई छ। संक्रमण फैलिनबाट रोक्न चौबीसै घण्टा ज्यान जोखिममा राखेर काममा खटिएका सुरक्षाकर्मीमाथि गरिएको कुटपिटको घटना दुःखद भएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले घटनामा संलग्नमध्ये बाहिरबाट आएक एक जनालाई पक्राउ गरेको र अरुहरुको खोजी भइरहेको बताए। क्‍वारेन्टाइनमा बसेका आरोपितहरु हाल क्‍वारेन्टाइनमै प्रहरी निगरानीमा छन्।

यो पनि पढ्नुहोस

काठमाडौं। दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृ’त्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको पुष्टि गरेका हुन्।

तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो। दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृ’त्यु भएको हो। शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृ’त्यु भएको हो।

‘चिया खाइसकेपछि हिँडिरहेका बेला एक्कासि ढल्नुभएछ,त्यसको १० मिनेटमै मृ’त्यु भएको हो,’दुल्लुका मेयर घनश्याम भण्डारीले भनेका थिए। भण्डारीका अनुसार भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो। यद्यपी स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृ’त्यु हुनेको संख्या सात पुगेको छ।
source–listpost

Leave a Reply

Your email address will not be published. Required fields are marked *