कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइन बसेकी २२ वर्षीया युवतीको मृ;त्यु

समाचार

काठमाडौं । कोरोना संकमणको आशंकामा क्वारेन्टाइन बसेकी एक युवतीको मृ;त्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृ;त्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृ;त्यु भएको हो ।

उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । जानकारी अनुसार युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक खुलासा भएको छि । जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृ;तक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ । खबर अनुरागपोस्ट बाट।

Readmore

काठमाडौँ । खाडीमुलुक यूएईमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या १९ पुगेको छ । त्यस्तै १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएको एनआरएनए आइसीसीका स्वास्थ्य समिति संयोजक डा संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार यो तथ्याङक शनिवार साँझसम्म एनआरएनए यूएईले संकलन गरेको हो । संक्रमितमध्ये कतिपय नेपाली निको समेत भएको उनले बताए ।

यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन । तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्याङक छैन । तर,पनि एनआरएनए यूएईले आफ्नो तरिकाले संक्रमित नेपालीहरुको तथ्याङक संकलन गरेको उनले जानकारी गराए ।

यूएईमा हालसम्म ३४ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ६४ जनाको ज्यान गएको छ । त्यस्तै १७ हजार ९ सय ३२ जना उपचारपछि निको भएका छन्।

अहिले यूएईमा १६ हजार ३ सय ६१ वटा ‘एक्टिभ केस’ रहेका छन् । तीमध्ये १ जनाको अवस्था गम्भिर छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *