भारतले कसैको सीमा मिचेको छैन : भारतीय गृहमन्त्री

अन्तर्राष्ट्रिय

भारत : भारतीय गृहमन्त्री अमित शाहले भारतले कसैको सीमा नमिचेको बताएका छन् । भारतीय टेलिभिजन न्युज एट्टिनसँगको कुराकानीमा उनले यस्तो दावी गरेका हुन् । नेपालसहित भारतका अन्य छिमेकी राष्ट्रहरुको सम्बन्ध बिग्रिएकोबारे सोधिएको प्रश्नमा उनले भारतले सीमा उल्लंघन नगरेको उल्लेख गरेका हुन् ।भारतीय गृहमन्त्री शाहले भारतीय सीमा र सेनाको सम्मान नगर्नेलाई भारत पाठ सिकाउन पछि नहटने समेत बताएका छन् । सीमा रक्षाका लागि भारतले सर्जिकल स्ट्राइक होस् या एयर स्ट्राइकको नीति विश्वमाझ स्थापित गरेको उनको भनाइ छ ।

पाकिस्तानी प्रधानमन्त्रीले भारतले छिमेकीसँग छदम युद्ध गरिरहेको आरोप लगाएको समयमा भारतीय गृहमन्त्रीको यस्तो भनाइ आएको हो । यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका थिए ।भारतले नेपाली भूमि कालापानी,लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको गत बैशाख २६ गते उदघाटन गरेपछि नेपालले आपत्ति जनाउदै आएको छ ।नेपालले अतिक्रमित भूमि कालापानी,लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *