आज काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ४६ सवारी साधन नियन्त्रणमा

समाचार

काठमाडौं: सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गते सम्मका लम्ब्याइसकेको छ। पटक-पटक थपिँदै गएको लकडाउनको अन्त्य कहिले हुने निश्चित छैन। सरकारले लकडाउन थप्दै गएपछि भने सर्वसाधारणले भने अवज्ञा गर्न थालेका छन्। लकडाउन खुवाउनेबारे सरकारको स्पष्ट नीति नहुँदा सर्वसाधारणले लकडाउन अवज्ञा गर्दै हिँडेका हुन्।

लकडाउनको ७० औं दिन बितिसक्दा पनि सरकारले ठोस कदम चाल्न सकेको छैन। त्यही भएर लकडाउनको अवज्ञा गर्दै बाहिर निस्कनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा लकडाउन उ’ल्लंघन गर्नेको संख्या बढेको छ। मंगलबार दिउँसोसम्म एक हजार एक सय ४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ।

जसमध्ये एक सय २१ चार पाङ्ग्रे सवारीसाधन र बाँकी सबै दुई पाङ्ग्रे रहेको महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले बताए।‘आज हिजोको तुलनामा बढेको छ,’उनले भने,’हामीले कहिले खुकुलो कहिले कडा गरेका चाहिँ होइन सधैं त्यसरी नै जाँच गरेका हौं।’त्यस्तै यो संख्या साँझसम्म बढ्न सक्ने बताइएको छ। मंगलबारको तुलनामा सोमबार भने ट्राफिक प्रहरीले सवारीसाधनलाई नियन्त्रणमा लिएको संख्या कम रहेको देखिएको छ।

सोमबार महाशाखाले दिएको विवरण अनुसार एक हजार ७४ सवारीसाधनलाई नियन्त्रणमा लिइएको थियो। जसमध्ये १४१ चारपाङ्ग्रे सवारीसाधन थिए भने बाँकी सबै दुई पाङग्रे थिए। त्यसैगरी आइतबार ५९२ सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो। ट्राफिक प्रहरी ले ती सवारीसाधनलाई केही घण्टा होल्डमा राखेर कारबाही गर्ने गरेको छ। फाईल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *