के मनिसा कोइराला सीमा विवादको कारणले लकडाउनमानि कार चढेर नेपाल आएकि हुन त??

समाचार

बुटवल । सीमा विवादका विषयमा विरोध चर्किएपछि बलिउड अभिनेत्री मनिषा कोइरालाले भारत छाडेकी छिन । उनी रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन ।

परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेकी उनी काठमाडौँ आएकी छिन । उनीसँगै कारमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए ।

‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मनिषा भारत छाडेर नेपाल फर्केको पुष्टि गरिन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ । तर भारतमा रहेकी मनिषाको विरोध बढ्दै गएपछि आक्रमण हुने डरले उनी रातारात नेपाल आएको अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यमले मनिषाको चर्को विरोध गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *