मेरी आमा परियार भएकोले बुबाले गाउँ नै छोड्नु पर्यो : गायक यश कुमार

समाज

काठमाडौ / गायक यश कुमारले अहिले जाजरकोटमा जातीय विवेदका कारण भएको दुर्घटनाको विषयमा केन्द्रित हुँदै अहिले समाजमा जात नै ठूलो पर्खाल बनेको निष्कर्ष दिएका छन् ।

यश कुमार आफूले समेत जातीय विवेधका कारण संघर्ष गर्नुपरेको बताएका छन् । अन्तरजातीय विवाह गरेका यश कुमारले आफ्नो संघर्ष बुबाको विवाह पश्चात सुरु भएको बताउछन ।“मेरो बुबा ब्राहमण अर्थात् नेपाल थरका हुन् भने आमा परियार अर्थात् दलित समुदायबाट र वहाँहरुको विवाहबाट सुरु भयो अन्तरजातीय संघर्षको कथा । बुबाले परियारकि छोरीसंग विवाह गरेकै कारण गाउँ छोडेर जानु समेत परेको थियो । मेरो बुबाले त्यतिबेला जनै फालेर गाउँ (काभ्रे) छाडेर सर्लाही जानु भएको हो । म सर्लाही मै जन्मिएको हुँ । ”

यश कुमारको नागरिकतामा सुरेश कुमार नेपाल परियार नाम लेखिएको छ। नागरिकता बनाउने बेला उनलाई परियार नलेखेर नेपाल मात्र लेख्न समेत सुझाव दिएका थिए तर उनले आफ्नो आमाको थर समेत राख्ने भनेर बुवा र आमा दुवैको थर सहित दर्ता गराए । लामो नै हुने भएपनि नेपाल र परियार दुवै थर राखेर आफ्नो नाम नागरिकतामा लेखाए । जातीय विवादबाट बाहिरिनु पर्ने समाज कल्पना गर्दै यशले आफूलाई जात भन्दा मान्छे भएर चिनाउन आफ्नो थर लेख्न छोडेका हुन् ।

यश कुमारले समेत अन्तरजातीय विवाह गरेका हुन् । यशले आफ्नो प्रेमिका रीना शाहीसंग अन्तरजातीय विवाह गरेका हुन् । आफूले अन्तरजातीय विवाह गरेपनि आफुहरुले त्यत्ति धेरै संघर्ष गर्नुनपरेको उनको भनाई छ । “बुबा आमाको संघर्ष जस्तो हाम्रो विवाहमा संघर्ष भएन तर समाजमा भने जातीय विवेद र अन्तरजातीय विवाहका कारण देखिएको घटनाहरुले ठूलो दुर्घटना हुने संकेत देख्छु । त्यसैले मैले आफ्नो कलाबाट यस कुरालाई उठाउने गरेकोछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *