मनिषा कोइराला भारत छाडेर नेपाली भूमिमा उत्रिए लगत्तै राजनीतिमा आउने चर्चा,राजनीतिमा आउनु सहि कि गलत आफ्नो मत राख्नुहोला।

राजनिति

काठमाडौं – भारतमा रहेकी लोकप्रिय अभिनेत्री मनिषा कोइराला मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल भित्रिए लगत्तै के उनी राजनीतिमा प्रवेश गर्लिन् त भन्ने प्रश्न उब्जिएको छ ।

हालै सरकारले लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेको र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गरेको ट्वीटमा रिट्वीट गरेकी मनिषाविरुद्ध भारतीय मिडिया लागेपछि उनको देशभक्तिको रुपमा सामाजिक सञ्जालमा तारिफ पाएकी मनिषाले कोरोना महामारीको समयमा भारत छाडेर आफ्नै मातृभूमि आउनुलाई महत्वका साथ हेरिएको छ । उनी सीमानामा आइपुगेपछि नेपाली सेनाको टोलीले पिकअप गरेको मनिषा र उनको परिवारका सदस्यहरु होटलमा क्वारेन्टाइनमा बस्ने बताइएको छ ।

मनिषा नेपाल प्रवेश गरेसँगै उनी राजनीतिमा प्रवेश गर्ने चर्चाले अहिले बहस पाइरहेका बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने उनलाई खुलेर राजनीतिमा आउन आग्रह गरेका छन् । बलिउडमा स्थापित अभिनेत्री मनिषाले आफू राजनीतिमा आउने या नआउने विषयमा हालसम्म कुनै धारणा भने सार्वजनिक गरेकी छैनन् ।

तर,उनी राजनीतिमा आउने माहोल भने बनाइरहेको बुझिन्छ । कला, खेललगायतका क्षेत्रमा स्थापित भइसकेका व्यक्ति राजनीतिमा आउन थालेका बेला मनिषा राजनीतिमा आइहाले पनि नौलो नमाने हुन्छ । किनकी उनी नेपालको कोइराला परिवारबाट भएका कारण पनि परिवारमा नै राजनीतिक माहोल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *